National Sections of the L5I:

'रिभोल्युशन नेपाल'को आधारभुत धारणा

Printer-friendly versionSend to friendPDF version

Founding statement of Revolution Nepal in Nepali

नेपाली समाज गत दशकमा जसरी यसअघि कहिल्यै प्रभावीत भएको थिएन। लामो समयदेखी नेपाली जनतालाई दास बनाउँदै आएको राजा ज्ञानेन्द्रको निरङ्कुशता अन्यका लागी सन् २००६ मा हजारौं नेपाली कामदार र गरिव कृषकहरु काठमाडौंमा ओइरीएका थिए। भोकले उनिहरुलाई अवरोधका पहाडहरु नाघ्न बाध्य बनायो। तथापी अझै उनिहरु भोकै छन्। उक्त अभियान शाशक वर्गलाई पराजीत गरि उनिहरुको बुर्जुवा सत्ता ध्वस्त गर्नेगरी अन्तीम बिन्दुसम्म पुग्न सकेन। आजपनि जमिन र उद्योगमाथि सानो अल्पसंख्यकको नियन्त्रण कायम छ, र अझैपनि बुहसंख्यकहरुले आफ्नो जिवनलाई आफ्नै नियन्त्रणमा राख्न सकेका छैनन्।

उनिहरुको नेतृत्व एकिकृत नेकपा माओवादीले पुँजीवादलाई ध्वस्त गर्ने क्षमता प्रदर्शन गर्न सकेन किनकी यथार्थमा उनिहरुले पुँजीवादी व्यवस्थासँग शान्ती कायम गरिसकेका थिए। मजदुर र कृषकहरुको परिषद निर्माण गरि विरोधी शक्ती स्थापना गर्नुको सट्टा उनिहरु शोषक दलहरुसँगै संसदमा बस्न रुचाए।

आज बहुसंख्यक नेपालीहरु गरिब र शोषित छन् र उनिहरु समस्याको जरासम्म पुग्न चाहन्छन्। उनिहरु आफुबाटै शाशित हुने समाज चाहन्छन्। उनिहरु समाजवाद चाहन्छन्।
यहि समय विश्वका थुपै राष्ट्रहरुमा आधुनीक प्रविधिको साधारण उपलब्धीबाट समेत श्रमजिवि वर्ग वञ्चीत छ। पृथ्वीभरीमा दशौ लाखौं मानिसहरु भोकमरीले मरिरहेका छन्। विश्वको करिव आधा जनसंख्याले दैनीक दुई डलरभन्दा कम आम्दनी गरिरहेको छ। अर्वौं मानिसहरु 'ज्याला दास'को साङ्लोले बाँधीएका छन्।

अन्ध मुनाफाको खोजिले कालान्तरमा मानवताको आधारभुत अस्तीत्वलाई समेत नष्ट गर्ने हालको मौसम परिवर्तनले सबैका सामु छर्लङ पारेको छ।

यसै परिवेशमा एतिहाँसीक आर्थिक संकटले व्यवस्थाको रुपमा पुँजीवादले काम समेत गरि नरहेको देखाएको छ।

हामी नेपाली युवा समुह हौं जो विद्यमान शोषण र विध्वंशकारी व्यवस्थाको अन्त्य गर्न चाहन्छौं। यसका लागी श्रमजिवि वर्ग र गरीवहरुको वृहत अभियान सञ्चालन हुनुपर्छ भन्ने हाम्रो विश्वास छ। गुमाउनका लागी केहिपनि बाँकी नरहेकाहरु मात्र मानवताको जंजीर तोड्न साँच्चीकै इच्छुक हुन्छन्।

शाशक वर्गको शक्ती, उनिहरुको सैन्य दस्ता र उनिहरुका भरौटेहरुलाई ध्वस्त गर्न स्वस्फुर्त आन्दोलनमात्र पर्याप्त हुँदैन। यसका लागी हामीलाई संस्थाको आवश्यकता पर्दछ जसले हाम्रो क्षमतालाई जोड्ने र वर्तमान व्यवस्थाका अवरोधविरुद्धका संघर्षहरुलाई एकिकृत गर्ने काम गर्दछ।

पुँजीवादीहरु उच्च ओहोदाका लागी आ–आफुबीच झगडा गरिरहेका छन्, हामी पनि यसै उद्देश्यका लागी लडिरहेका छौं। हामी विश्वव्यापी रुपमा एकिकृत हुनसक्छौं, यो हाम्रो शशक्त पक्ष हो।

यो विकल्पमात्र होइन, महत्वपुर्ण आवश्यता पनि हो। साम्राज्यवादीहरुको दबाबको सामना गर्न कुनै एक राष्ट्रको सामर्थ पर्याप्त हुन सक्दैन। आफ्नो स्वार्थ रक्षाका लागी उनिहरु आफ्ना ज्यादै फोहोरी र अति विध्वंशकारी हातहतियारको प्रयोग गर्न पनि पछि पर्नेछैनन्।

नेपालमा माओवादीले समाजवादका लागी हाल संघर्ष गर्न सम्भव नरहेको दाबी गरेको छ।

सत्यभन्दा पर केहि हुन सक्दैन। संघर्षको समय अहिले होइन भने कहिले हो त? सम्भावना रहेको समयमा श्रमजिवि वर्गले शक्ती प्रप्तीतर्फ उन्मुख हुन हिचकिचाउनु हुँदैन। हाम्रो सपनालाई साकार गर्नसक्ने यो नै एकमात्र तरीका हो। यथार्थमा यसविरुद्ध जसले तर्क गर्छ, उसले वर्तमान व्यवस्थाको समर्थन गरिरहेको हुन्छ।

जुनसुकै क्रान्तिकारी संघर्षका लागी अन्तराष्ट्रिय संस्थाको टड्कारो आवश्यकता पर्दछ भन्नेमा हामी विश्वस्त छौं। हामीले आफ्ना विचार आदानप्रदान गर्नुपर्छ, एकढिक्का भएर काम गर्न हामी कुनै साझा कार्यमा एकिकृत हुनुपर्छ। हामी अन्ताराष्ट्रिय युवा संघ क्रान्तिकारीको पक्षमा छौं र नेपालमा ट्राटष्किवादीहरुको समुह निर्माण गर्न चाहन्छौं।
पुँजीवादले मानवतालाई पछि पारेको धेरै भइसक्यो। भविष्यमा सुधारका लागी एकमात्र मार्ग रहेको छ। मानवताको वास्तवीक विकासका लागी यौटामात्र मार्ग रहेको छः क्रान्ती।

Please donate to the League for the Fifth International to help us with our work.





From Resistance to Revolution

ImageThe current programme of the League for the Fifth International, published in 2011

Available to read online

Our 2010 programme, From Resistance to Revolution, is available to buy online shop.fifthinternational.org

Image